

माघ ८ गते ,डोटी : लाटा काफली अनलाइन सोफा सेन्टरका सञ्चालक यज्ञबहादुर रावल ‘योगेश’ले लाटामाण्डौँ माविलाई एक लाख बराबरको फर्निचर सहयोग गरेका छन् ।

शिखर नगरपालिका वडा नं. ७ विष्ट घर भई हाल गोदावरी नगरपालिका वडा नं. १ कैलालीमा बसोबास गर्दै आउनु भएका लाटा काफली अनलाइन सोफा सेन्टरका सञ्चालक तथा पूर्व विद्यार्थी रावलले शिखर नगरपालिका वडा नं. ७ लाटामाण्डौँस्थित लाटामाण्डौँ माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ बराबरको फर्निचर सामग्री सहयोग गर्नुभएको हो ।
रावलले विद्यालयलाई सोफा सेट–१, टेबुल–२, रोष्टम–१ र दराज–१ प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद भट्टले जानकारी दिनुभयो। उक्त सामग्री बिहीबार विद्यार्थी,शिक्षक तथा विद्यालय परिवारको उपस्थितिमा आयोजित एक कार्यक्रममा प्रधानाध्यापक भट्टले रावलले गरेको फर्निचर सहयोग विद्यालयलाई जानकारी गराउनु भएको हो।
विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याएको भन्दै विद्यालय परिवारले सहयोगी मनकारी रावललाई धन्यवाद ज्ञापन गर्दै कृतज्ञता व्यक्त गरेको छ।

