

एकेन्द्र चन्द, माघ २ गते,डोटी : जिल्लाको बडीकेदर गाउँपालिका वडा नम्बर -२ खड्यौली बजारमा रहेको रोशना होटल बाट करिब २ लाख ५० हजार रुपैयाँ चोरी भएको हो ।

होटल संचालक रुद्र जेठाराका अनुसार ३० गते राती १२ बजे पछीको समयमा होटेलको चुक्कुल तोडेर गल्लाको साइट तोडेर गल्ला भित्र रहेको करिब २ लाख ५० हजार रुपैयाँ भन्दा बढी नगद रुपैयाँ सहित बैंकको चेक , मासुको उदारो लेखेको कपिको लिष्ट समेत च्यातेर लगेको उहाँले बताउनु भयो ।
होटेल पनि चलाएको थिए अनि ब्वाइलर कुखुरा पालन पनि गरेको छु । छोरी बिरामी भए पछि अर्को सघ ऋण निकालेर राखेको पैसा समेत चोरी भए पछि आफू निकै समस्यामा परेको संचालक जेठाराले बताउनु भयो ।
प्रहरी चौकी खड्यौलीले चोरीमा संलग्नहरूको खोजीकार्य भइरहेको जनाएको छ ।

