Sujang

एघारौँ राष्ट्रिय योग दिवस डोटीमा पनि मनाइयो

Ban

माघ १ गते डोटी : एघारौँ राष्ट्रिय योग दिवस डोटीमा पनि मनाइएको छ ।

बिहीबार सिलगढीमा “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मूल नाराका साथ राष्ट्रिय योग दिवस मनाइएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल,पतञ्जलि योग समिति डोटीको आयोजना तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको सहयोग कार्यमा राष्ट्रिय योग दिवस मनाइएको पतञ्जलि योग समिति डोटीका अध्यक्ष खेम भण्डारीले बताए । सभ्य समाज निर्माण गर्न अति आवश्यक रहेको भण्डारीले बताए ।

जिल्लामा योग अभ्यास गर्दै दिवस मनाइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका योग प्रशिक्षक बलदेव जोशीले बताए ।
योग हरेक व्यक्तिको दैनिक जीवनमा अति महत्त्वपूर्ण रहेको भन्दै राष्ट्रिय योग दिवस मनाइएको जोशीले बताए ।

Krishi

योग व्यक्तिको जीवन सुखमय र स्वस्थ बनाउनका लागि उपयोगी रहेको पतञ्जलि योग समिति सुदूर पश्चिम प्रदेश महामन्त्री लक्ष्मी बमले बताइन् ।

नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले योगलाई दिवसका रूपमा मात्रै नलिई हरेक व्यक्तिले स्वस्थ र सुखी रहन दैनिक जीवनमा योगाभ्यास गर्नु पर्नेमा जोड दिए ।

जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार सुरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा गरिएको कार्यक्रमको सञ्चालन योग प्रशिक्षक गणेश मलासिले गर्नु भएको थियो ।

एघारौँ राष्ट्रिय योग दिवस जिल्ला स्थित विभिन्न कार्यालयका प्रतिनिधि, योग प्रशिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.