


डोटी, पुस २२: गैरसरकारी संस्था महासंघ डोटीको अध्यक्षमा पुनः लालबहादुर बिक चयन भएका छन्। मंगलबार सिलगढीमा सम्पन्न महासंघको ९औँ अधिवेशनबाट बिकको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा तिर्थराज पन्त, सचिवमा नरेन्द्र बिक, कोषाध्यक्षमा लक्ष्मी देउवा बम तथा सहसचिवमा भक्तराज उपाध्याय निर्वाचित भएका छन्।
यसैगरी कार्यसमिति सदस्यहरूमा दिपिका बोहरा, कृष्ण बिक, सिद्धराज जोशी, निशा बोहरा र बन्दना बम निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष बिकले गैरसरकारी क्षेत्रको अभियानलाई एकताबद्ध रूपमा अगाडि बढिरहेको सन्देश दिन सर्वसम्मत नेतृत्व चयन गरिएको बताए। महासंघले आगामी दिनमा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको हकहित र समन्वयमा सक्रिय भूमिका खेल्ने उनले बताए।

