Sujang

एमाले डोटीबाट उपमहासचिव भट्ट र प्रदेश सांसद मल्लसहित ८ जनाको नाम सिफारिस

Ban

पुस २१ गते ,डोटी:आगामी फागुन २१ गते हुने निर्वाचनको लागि डोटीबाट उम्मेदवादको नाम सिफारिस गरिएको छ ।

नेकपा एमाले उपमहासचिव लेखराज भट्टसहित ८ जनाको नाम जिल्ला कमिटीले सिफारिस गरेको हो ।

Krishi

भट्टको एकल नाम कैलाली ४ बाट पनि सिफारिस भइसकेको छ । एक निर्वाचन क्षेत्र रहेको डोटीबाट प्रदेश सांसद चक्र मल्लको नाम पनि सिफारिस भएको छ ।

यसअघि प्रदेश सभा सदस्यमा निर्वाचित मल्ल अहिले प्रतिनिधि सभाको दौडमा छन् ।

आज भएको बैठकमा भट्ट र मल्लसहित दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट , गोविन्द पार्की, दिनेश घर्ती मगर र दीपक धामीको नाम सिफारिस गरिएको डोटी एमाले सचिव पदमराज भट्टले जानकारी दिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.