Sujang

डोटीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित योजनाको संयुक्त अनुगमन

Ban

पौष १९, डोटी :डोटी जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित कृषि योजनाहरूको संयुक्त अनुगमन सम्पन्न भएको छ।
शनिबार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराको आयोजनामा दिपायल सिलगढी नगरपालिका वडा नं. ३ खैरतोला तथा शिखर नगरपालिका वडा नं. १० बानडुङ्ग्री सैँनमा सञ्चालनमा रहेका कृषि योजनाहरूको स्थलगत अनुगमन गरिएको हो।

कृषि क्षेत्रको उत्पादन वृद्धि, व्यावसायिक कृषिको विकास तथा किसानको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले सञ्चालनमा रहेका योजनाहरूको कार्यान्वयन अवस्था, प्राविधिक पक्ष, किसानको सहभागिता, प्राप्त उपलब्धि र देखिएका चुनौतीबारे अनुगमन टोलीले छलफल गरेको थियो।

संयुक्त अनुगमनमा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खडका, नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पिताम्बर बस्नेत, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख मनिशा गुरुङ ,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि छवि भट्ट ,दिपायल सिलगढी नगरपालीका कृषि शाखा प्रमुख हिक्मत साउँद,शिखर नगरपालिका कृषि शाखा प्रमुख कृष्ण धामी,तरकारी जोन समन्वय समिति संयोजक गणेश कठायत,प्राविधिक कर्मचारी तथा सरोकारवाला किसानहरूको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख सिंहले कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई प्रविधिमैत्री र व्यावसायिक बनाउँदै लगेको उल्लेख गर्दै योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न जोड दिए।

Krishi

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले स्थानीय सरकार कृषकको हितमा केन्द्रित रहेको बताउँदै उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पिताम्बर बस्नेतले योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिँदै किसानको आवश्यकता अनुसार प्रविधि र सहयोग विस्तार गरिने बताए।

अनुगमनका क्रममा किसानहरूले आफ्ना अनुभव, समस्या र सुझावसमेत राखेका थिए। शिखर नगरपालिका वडा नं. १० का कृषक यज्ञनाथले उत्पादन गरेको तरकारीको उचित बजारीकरण नहुँदा मूल्य नपाउने समस्या रहेको बताए। उनले किसानका पीरमर्का बुझेर तत्काल बजारीकरण र मूल्य निर्धारणमा पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. ३ मा रहेको ‘हार्भेस्ट हेभिन गार्डेन कृषि फार्म’ का सञ्चालक तेज द्वारीयाले कृषिलाई विशेष प्राथमिकता दिएमा यस क्षेत्रमा आकर्षण बढ्ने बताए। उनले पनि किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाउने समस्याबारे अनुभव सुनाए।

त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. ३ खैरतोला कालिका कृषक समूहमा आवद्ध कृषक चन्द्रा बिष्ट खड्काले तालीम, प्राबिधिक सहयोग, विउ भिजन लगायतको सहयोगले कृषि क्षेत्रमा पहिला भन्दा निक्कै आकर्षक वढेकाे बताइन् ।

अनुगमन टोलीले देखिएका कमजोरी सुधार गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न सम्बन्धित कृषक समूह र सरोकारवालालाई निर्देशन दिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.