Sujang

दिसिनपाको लैङ्गिक समानता,अपाङ्गता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न

Ban

पौष १८ गते,डोटी : दिपायल सिलगढी नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ का लागि लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GESI) परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सेवा प्रवाहलाई समावेशी तथा पहुँचयोग्य बनाउने, साथै नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर प्रमुख बाजी सिंह खड्काले बताए । स्थानीय तहका योजना, कार्यक्रम तथा सेवामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्ता परिक्षण कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण भएको उनले बताए ।

Krishi

नगरपालिकामा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लैङ्गिक समानता प्रवर्द्धन, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशी विकासका अभ्यास तथा स्थानीय तहमा समावेशी नीति कार्यान्वयनका विषयमा स्वतन्त्र विज्ञ देबेन्द्र गुरुङले सहजीकरण गरेका थिए ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख खड्का, उप–प्रमुख कलावती महरा साउद, विभिन्न वडाका वडा अध्यक्षहरू, सरोकारवाला निकायहरू, समुदायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.