Sujang

डोटीमा १ लाख २८ हजार ३९९ मतदाता : पुरुषभन्दा महिला बढी

Ban

एकेन्द्र चन्द,पुस १३ गते,डोटी: प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि डोटी जिल्लामा १ लाख २८ हजार ३९९ जना मतदाता रहेका छन्। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावली अनुसार जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या बढी देखिएको छ।
जिल्ला निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकर पन्तका अनुसार कुल मतदातामध्ये ६१ हजार ५ सय ७८ जना पुरुष र ६६ हजार ८ सय २१ जना महिला छन्। पुरुषभन्दा महिला मतदाताको संख्या ५ हजार २ सय ४३ जनाले बढी रहेको कार्यालयले जनाएको छ।
स्थानीय तहअनुसार सबैभन्दा बढी मतदाता शिखर नगरपालिकामा रहेका छन्। शिखर नगरपालिकामा २१ हजार ४ सय ९५ मतदाता छन्, जसमध्ये १० हजार १ सय १० पुरुष र ११ हजार ३ सय ८५ महिला रहेका छन्। ११ वडा रहेको शिखर नगरपालिकामा १६ मतदान स्थल र २८ मतदान केन्द्र छन्।
जिल्लामा सबैभन्दा कम मतदाता बडीकेदार गाउँपालिकामा रहेका छन्। उक्त गाउँपालिकामा ९ हजार ६ सय ८० मतदाता छन्, जसमध्ये ४ हजार ९ सय ८९ पुरुष र ४ हजार ६ सय ९१ महिला रहेका छन्। ५ वडा रहेको बडीकेदार गाउँपालिकामा ८ मतदान स्थल र १२ मतदान केन्द्र रहेका छन्।
त्यस्तै, ७ वडा रहेको आदर्श गाउँपालिकामा जम्मा १५ हजार ७० मतदाता रहेका छन्। यहाँ ६ हजार ८ सय ७६ पुरुष र ८ हजार १ सय ९४ महिला मतदाता छन्। गाउँपालिकामा १४ मतदान स्थल र २२ मतदान केन्द्र रहेका छन्।

७ वटै वडा रहेको के.आई.सिंह गाउँपालिकामा १३ हजार ४ सय ८६ मतदाता छन्। यहाँ ६ हजार २ सय ३६ पुरुष र ७ हजार २ सय ५० महिला मतदाता रहेका छन्। गाउँपालिकामा १० मतदान स्थल र १८ मतदान केन्द्र छन्।
६ वडा रहेको जोरायल गाउँपालिकामा कुल १३ हजार ८ सय ६५ मतदाता छन्। जसमध्ये ७ हजार १ सय २२ पुरुष र ६ हजार ७ सय ४३ महिला रहेका छन्। गाउँपालिकामा ११ मतदान स्थल र १९ मतदान केन्द्र रहेका छन्।
९ वडा रहेको दिपायल सिलगढी नगरपालिकामा १९ हजार ६ सय २२ मतदाता छन्। यहाँ ९ हजार २ सय २५ पुरुष र १० हजार ३ सय ९७ महिला मतदाता रहेका छन्। नगरपालिकामा २२ मतदान स्थल र २९ मतदान केन्द्र छन्।
७ वडा रहेको पूर्वीचौकी गाउँपालिकामा १३ हजार ६ सय ६६ मतदाता छन्। जसमा ६ हजार ३ सय ३५ पुरुष र ७ हजार ३ सय ३१ महिला रहेका छन्। गाउँपालिकामा १५ मतदान स्थल र २० मतदान केन्द्र रहेका छन्।
त्यस्तै, ७ वडा रहेको बोगटान फुड्सिल गाउँपालिकामा १० हजार ३ सय ८५ मतदाता छन्। यहाँ ५ हजार २ सय ८७ पुरुष र ५ हजार ९८ महिला मतदाता रहेका छन्। गाउँपालिकामा ११ मतदान स्थल र १५ मतदान केन्द्र छन्।
६ वडा रहेको सायल गाउँपालिकामा ११ हजार १ सय ३० मतदाता छन्। जसमा ५ हजार ३ सय ९८ पुरुष र ५ हजार ७ सय ३२ महिला रहेका छन्। गाउँपालिकामा ११ मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन्।

Krishi

प्रमुख पन्तका अनुसार सार्वजनिक गरिएको मतदातामा १ हजार ८ सय ६२ जना नयाँ थपिएका उनले बताए । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त व्यक्तिहरूलाई मतदाता नामावली दर्ताका लागि आह्वान गरेपछि सो संख्या थपिएको उनले बताए ।

नयाँ थपिएका मतदातामध्ये ५८३ जनाले अनलाइन प्रणालीमार्फत मतदाता परिचयपत्रका लागि विवरण भरेका छन् भने १,२७९ जनाको नाम दर्ता राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरणका आधारमा गरिएको उनले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.