Sujang

दुर्गामाण्डौँ मन्दिरको घेरबार निर्माणका लागि बलायरले गरे ५५ हजार ५ सय पचपन्न सहयोग

Ban

दुर्गामाण्डौँ मन्दिरको घेरबार निर्माणका लागि बलायरले गरे ५५ हजार ५ सय पचपन्न सहयोग
पुस ११ गते , डोटी : नेपाली काँग्रेस के. आई. गाउँपालिकाका सभापति तथा सुजङ्ग अस्पताल राजपुर, प्रशासन प्रमुख अर्जुन बलायरले धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मानिने दुर्गामाण्डौँ मन्दिरको घेरबार निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम सिंह कार्कीका अनुसार मन्दिरको संरक्षण, सुरक्षा र व्यवस्थित विकासका लागि घेरबार निर्माणमा आवश्यक रहेकाले बलायरले आर्थिक सहयोग गरेका हुन् ।

Krishi

दुर्गामाण्डौँ मन्दिर स्थानीय धार्मिक आस्थासँगै इतिहास, संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा रहेको मन्दिर समितिका अध्यक्ष कार्कीले बताए ।

मन्दिरको संरक्षणमा गरिएको यस सहयोगले धार्मिक सम्पदाको जगेर्नामा सकारात्मक सन्देश गएको उनले बताए ।

मन्दिरको संरक्षण र संवर्द्धनमा विभिन्न व्यक्तिहरूले समेत सहयोग गर्दै आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.