Sujang

शारीरिक रूपमा अशक्त भट्टलाई राहत सामग्रीसहित सहयोग

Ban

पुस १० गते, डोटी : डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. १ मगरकाँडा निवासी शारीरिक रूपमा अशक्त घनश्याम भट्टलाई राहत सामग्री सहित सहयोग वितरण गरिएको छ ।

उनको दयनीय अवस्थाको भिडियो सार्वजनिक पछि विभिन्न व्यक्तिहरूले गरेको राहत सामग्री सहित उनको घरमा पुगेर पत्रकार शाही सहितको टोलिले सामग्री हस्तान्तरण गरेका हुन् ।

Krishi

भट्ट शारीरिक रूपमा अशक्त भई दयनीय अवस्थाबारे केही दिन अगाडि पाँजलो अनलाइनमा पत्रकार मोहन शाहीले भिडियो सहितको सामग्री प्रसारण गरेका थिए ।

सहयोग प्राप्त भएपछि भट्ट तथा उनका परिवारजनले खुसी व्यक्त गरेका छन्। सहयोग गर्ने सबै सहयोगीहरूलाई भट्टले धन्यवाद दिए ।

समाचार प्रकाशनपछि म्यासेज, फोन तथा मौखिक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनेहरूलाई घनश्याम भट्टको ई–सेवामा सिधै रकम जम्मा गरिदिन र पठाइएको रकमको स्क्रिनसट ९८४८६२८६५५ नम्बरमा ह्वाट्सएपमार्फत पठाइदिन पत्रकार शाहीले अनुरोध गरेका छन् ।


भट्टलाई सहयोग गर्ने महानुभाव तथा सामग्री विवरण:

चक्र विक्रम शाही
(के.आई.सिंह गाउँपालिका वडा नं. १ डुम्राकोटघर, हाल काठमाडौँ – नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी)
– ग्यास र पानी तताउने जग
गोपाल माझी
(वड्डा सप्लायर्स तथा वड्डा फर्निचर उद्योग, दिपायल)
– बिस्तरा, फाइबर सिरक, सिरानी, तन्ना, पी–फर्म
जयप्रसाद भट्ट
(पूजा फेन्सी, दिपायल)
– मोटा खालको ज्याकेट
भरत बहादुर कठायत
(कठायत एग्रोभेट, दिपायल)
– ट्र्याक सुट
खडक विक्रम शाही
(जगत पुस्तक पसल, दिपायल)
– १ बोरा चामल
महेन्द्र शाह
(दिपायल सिलगढी नगरपालिका वडा नं. ४)
– नुन, तेल, मसला, दाल
केपी माझी
(के.आई.सिंह गाउँपालिका वडा नं. २)
– नगद रु. ५,१००
मोहन शाही
(पत्रकार, के.आई.सिंह गाउँपालिका डुम्राकोट)
– नगद रु. ५,१००
नारायण बलायर
(सचिव, नेपाली जिल्ला कार्यसमिति, के.आई.सिंह गाउँपालिका वडा नं. ६)
– नगद रु. २,१००
सिद्धराज भट्ट
(के.आई.सिंह गाउँपालिका वडा नं. ११)
– नगद रु. १,१००

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.