Sujang

डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

Ban
Krishi

पुस ८, डोटी : डोटीको जोरायल गाउँपालिका–६ गापरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मङ्गलवार दिउँसो करिब २ बजे २८ वर्षीय खेम साउँद आफ्नै कोठामा रहेको बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

करेन्ट लागेपछि घाइते साउँदलाई आफन्तहरूले तत्काल उपचारका लागि  सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएका थिए । उपचारको क्रममा साँझ ५ बजेर २७ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.