Sujang

बडीकेदार क्षेत्र पर्यटन विकास समितिको कार्यकारी अधिकृतमा जोशी नियुक्त

Ban

एकेन्द्र चन्द ,मंसिर २६,डोटी : सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा गणेशराज जोशी नियुक्त भएका छन्।

Krishi

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डोटीको बडीकेदार गाउँपालिका निवासी जोशीलाई समितिको कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

मन्त्रीस्तरीय निर्णयअनुसार बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति (गठन) आदेश–२०७७ को दफा ६ को उपदफा (१) बमोजिम चार वर्षका लागि जोशीलाई कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। सोही आदेशमा उल्लेखित सेवा–सुविधा अनुसार उनीले कार्यभार सम्हाल्नेछन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.