

मंसिर २६ गते ,कैलाली :धनगढीमा चैतन्य पाठशाला प्याब्सन कैलाली क्रिकेट कप–२०८२ भोली देखि सुरु हुने भएको छ । कैलाली जिल्लाको प्याब्सन कार्यसमितिको आयोजनामा हुने यो प्रतियोगिता विद्यालय–स्तरमा क्रिकेट प्रतिभा विकास गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको हो।

प्रतियोगितामा जिल्लाभरिका निजी विद्यालयका टिमहरूको सहभागिता रहने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । “खेलकूदलाई विद्यालय स्तरमै विकास गरौँ” भन्ने मूल नाराका साथ आयोजना भएको यो प्रतियोगिताले खेकूदप्रति विद्यार्थीको चासो अभिवृद्धि गर्ने टाईटल प्रायोजक चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । चैतन्य पाठशाला समाज, विद्यार्थी र जनसमुदाय सँग जोडिएका कार्यक्रममा सधैँ सकारात्मक रूपमा जोडिँदै आएको र जोडिने समेत प्राचार्य ओझाले बताए ।
कैलालीका क्रिकेट खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्यका साथ सञ्चालन हुन लागेको प्रतियोगिताले खेलकूदमार्फत अनुशासन, नेतृत्व क्षमता र टोली भावना विकास हुने विश्वास लिइएको प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्रराज पण्डितले बताए । विद्यालय स्तरका उत्कृष्ट खेलाडी उत्पादन गर्न मद्दत गर्ने भएकाले पनि यो प्रतियोगितालाई महत्त्वपूर्ण मानिएको समेत उनले बताए ।
आयोजकका अनुसार प्रतियोगितालाई सफल बनाउन स्थानीय निकाय, अभिभावक, विद्यालय, खेल प्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहयोग प्राप्त भएको छ। विजेतालाई नगद रु ६५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई नगद ३५ हजार एक सय एघार पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीले नगद रु. ७ हजार मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद पाँच पाँच हजार ट्रफी मेडल र प्रमाणपत्र प्रदानगरिने आयोजकले जनाएको छ।
प्रत्येक खेलको म्यान अफ द म्याच’लाई नगद रु १००० र आकर्षक ट्रफी प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ।
खेल धनगढी उपमहानगरपालिका ३ मा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने भएको छ।

