

मंसिर २६, डोटी : सामुदायिक उत्थान अभियान केन्द्र डोटीद्वारा सञ्चालित सामुदायिक रेडियो शैलेश्वरी एफएम १०५.९ मेगाहर्ज आजबाट १६औं वर्षमा प्रवेश गरेको छ।

२०६७ साल मंसिर २६ गतेदेखि नियमित प्रसारण सुरु गरेको रेडियाले १५ वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको हो।
डोटी जिल्लाकै पहिलो सामुदायिक रेडियोका रूपमा स्थापना भएको शैलेस्वरी एफएमले समुदायका आवाजविहीनको आवाज, समाचार, सूचना, सन्देशमूलक कार्यक्रम तथा गीत–संगीतलगायतका कार्यक्रम निरन्तर प्रसारण गर्दै आएको स्टेशन म्यानेजर विक्रम बहादुर खड्का बताए ।
एक सय वाट क्षमता रहेको एफएमले हाल दैनिक १६ घण्टा प्रसारण गरिरहेको म्यानेजर खड्काले बताए ।
रेडियोको स्थापना देखि आजसम्म साथ, सहयोग र सद्भाव प्रदान गर्ने सबै शुभेच्छुक, सहयोगी तथा समुदायप्रति रेडियोका अध्यक्ष रामचन्द्र धामीले धन्यवाद व्यक्त गरेका छन्।

