
डोटीमा मंसिर २५ गते नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा हुने


मंसिर २२, डोटी : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोटीले मंसिर २५ गते डोटीमा एकता सन्देश सभाको आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका १६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले देशभर एकता सभा गरिरहेको छ । सोही क्रममा डोटीमा पनि एकता सभा हुन लागेको हो ।
सभा सम्पन्न गर्नका लागि हर्क बहादुर सिंहको संयोजकत्वमा मूल आयोजक कमिटी गठन गरिएको छ । सिलगढीको इन्द्र चोकमा आयोजना हुने वृहत् सभामा पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री डा.भीम रावल, खगराज भट्ट, भानुभक्त जोशी लगायतका शीर्ष नेताहरूको उपस्थिति रहने प्रचार प्रसार उप- समितिले जनाएको छ ।

