Sujang

डोटी निर्माण व्यवसायी संघको अधिबेशन तत्काल हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र

Ban

मंसिर २२, डोटी : निर्माण व्यवसायी संघ डोटीका पूर्व कार्यवाहक अध्यक्ष तथा पूर्व प्रदेश सदस्य रमेशबहादुर खडायतले निर्माण ब्यवसायी संघको निर्वाचन समयमा हुनुपर्ने लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई ज्ञापन–पत्र बुझाएका छन्।

सोमबार खडायतकाे नेतृत्वमा गएको टाेलिले संघमा लामो समयदेखि साधारण सभा नबोलाई वर्तमान कार्यसमितिले मनोमानी रूपमा निर्णय गर्दै आएको आरोपसहित ज्ञापन–पत्र बुझाएका हुन् ।

खडायतद्वारा बुझाइएको ज्ञापन–पत्रमा भनीएको छ ,’संघको स्थापना २०५७ सालमा भएको र यसमा अधिकांश साना निर्माण व्यवसायीहरू आवद्ध रहँदै आएका छन्। प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी उपलब्ध गराउने निर्माण क्षेत्रलाई “देशकै गर्भिलो तथा महत्वपूर्ण उद्योग” का रूपमा उल्लेख गरिएको छ।’

Krishi

ज्ञापन–पत्रमा २०७८/१२/१९ मा सम्पन्न आठौं साधारण सभा पश्चात् वर्तमान कार्यसमितिको ३ वर्षे कार्यकाल समाप्त भइसकेको तथा सहमतिमै थपिएको ६ महिनाको समयसीमा पनि सकिएको हुनाले ९औं साधारण सभा गर्नुपर्ने माग गरिएको छ। तर, कार्यकाल सकिएको भए पनि ५–७ जना मात्र सदस्य जम्मा गरी मनोमानी ढंगले कार्यकाल आफैँ बढाउने जस्ता निर्णयदेखि संघमा गैर–लोकतान्त्रिक अभ्यास बढेको आरोप लगाइएको छ।

संघको विधानको परिच्छेद–४, दफा १०(ग) अनुसार कार्यसमितिको कार्यकाल सकिएको मितिभन्दा २ महिनाभित्र अनिवार्य रूपमा साधारण सभा बोलाई नयाँ कार्यसमिति चयन गर्नुपर्ने भए पनि त्यसअनुसार काम नहुँदा संगठनभित्र असन्तोष बढेको ज्ञापनपत्रमा उल्लेख छ।

खडायतले ९औं अधिवेशन तत्काल गराउने वातावरण निर्माण गर्न तथा विधानअनुसार आवश्यक सहजीकरण गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन्।

यस विषयमा निर्माण व्यवसायी संघ डोटीका अध्यक्ष घनश्याम पाठकलाई बुझ्दा कार्यसमितिको बहुमतको आधारमा निर्णय गरे अगाडि बढाएको बताएका छन् । भदौको २७,२८ गतेतिर अधिवेशन गर्ने तयारी भएपनि भदौ २३ र २४ को जेनजी आन्दोलनको प्रभावका कारण हुन नसकेको उनले बताए । अब फागुनको अन्तिममा अधिवेशन मिति तोकेको उनले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.