Sujang

सायलमा महिला स्वास्थ्य स्वयंसेविका दिवसमा ५२ जनालाई झोला तथा सामग्री वितरण

Ban

मंसिर २० गते डोटी : डोटीको सायल गाउँपालिकामा २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ।

शुक्रवार दिवसका अवसरमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा सामग्री वितरण गरी मनाइएको हो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले ५२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकलाई झोला तथा स्वास्थ्य सामग्री सम्मान गरेका छन् ।

Krishi

स्वयंसेविकाहरूको मनोबल बढाउन र उनीहरूलाई दैनिक काममा उपयोगी हुने सामग्री प्रदान गरिएको सायल स्वास्थ्य शाखाका प्रमुख धर्म सिंह बमले जानकारी दिए ।

सामुदायिक स्वास्थ्य स्वयंसेवकहरूले गाउँ–गाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्न अध्यक्ष जोशीले सबैमा अनुरोध गरे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सहभागिता थियो।

महिला स्वास्थ्य स्वयंसेवक दिवस देशभर प्रत्येक वर्ष विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.