Sujang

डोटीको वडिकेदार गाउँपालिकामा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

Ban

एकेन्द्र चन्द, मंसिर १७ गते,डोटी : डोटीको वडिकेदार गाउँपालिकामा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ।

“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मुल नाराका साथ बुधबार बडीकेदार गाउँपालिकामा दिवस मनाईएको हो ।

बडीकेदार गाउँपालिकाको सहयोगमा मोहन्याल दृष्टिविहीन तथा अपाङ्ग सेवा समाजले आयोजना गरेको कार्यक्रममा ५ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Krishi

कार्यक्रमलाई सम्बोधन गर्दै बडीकेदार गाउँपालिकाका शिक्षा अधिकृत विवेक देउवाले अपाङ्गता भएका व्यक्तिहरू समाज निर्माणका महत्वपूर्ण स्तम्भ भएको बताउँदै अघिल्लो समयको तुलनामा उनीहरू प्रति समाजको व्यवहारमा सकारात्मक परिवर्तन आएको उल्लेख गरे।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले अपाङ्गता भएका व्यक्तिहरूका लागि पालिकाले विभिन्न सहयोग तथा सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले अधिकारसँगै कर्तव्यको पालनामा पनि सबैले ध्यान दिनुपर्ने बताए। अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर आगामी दिनमा थप उपयोगी योजनाहरू ल्याइने उनको भनाइ थियो।

कार्यक्रमका सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई घर–परिवार तथा समुदायबाट सम्मान आवश्यक रहेको, सरकारी सेवा–सुविधा सेवा–मैत्री हुनुपर्ने र उनीहरूले आत्मबल गुमाउनु नपर्नेमा जोड दिए।

नेपालको संविधानले अपाङ्ग–मैत्री भवन निर्माणको व्यवस्था गरेकोले स्थानीय तहले पनि त्यही अनुरूपको भौतिक संरचना निर्माण गर्नुपर्ने सुझाव सहभागीहरूले दिए।

मोहन्याल दृष्टिविहीन तथा अपाङ्ग सेवा समाजका अध्यक्ष खडक बोहाराले विभिन्न वडामा बनेका समितिहरूले अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकता पहिचान गरी पालिकासम्म योजना पु¥याउन सक्रिय हुनुपर्ने बताए। संस्थाले आवश्यक सहयोगी सामग्री वितरणसमेत गर्दै आएको उनले जानकारी दिए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.