Sujang

सुदूरपश्चिम प्रदेश सुरक्षा संयन्त्र बैठककाे निर्णय : मंसिर १६ मा धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने

Ban

मंसिर १२ गते ,धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा संयन्त्रको बैठकले प्रदेशस्तरीय सुरक्षा तयारीका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठक शुक्रबार मुख्यमन्त्री निवासमा बसेको हो।

बैठकले आगामी मंसिर १६ गते धनगढीमा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ। उक्त प्रतिवेदन चारै सुरक्षा निकाय, प्रदेश निर्वाचन कार्यालय, र आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहभागितामा तयार गरिनेछ।

Krishi

गोष्ठीमा सहभागी हुने पदाधिकारीहरूको बसोवास, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापकीय तयारी जिल्ला प्रशासन कार्यालय (जप्राका) कैलालीले गर्नेछ। आर्थिक व्यवस्थापन भने आन्तरिक मामिला तथा कानून मन्त्रालय र जप्राका कैलालीको साझेदारीमा रहने बैठकले जनाएको छ। गोष्ठीको समग्र व्यवस्थापनका लागि दुवै निकायको संयुक्त समन्वय टोली गठन गरी प्रभावकारी कार्यान्वयन गरिनेछ।

त्यसकैबीच प्रदेशभर रहेका आपतकालीन गोदामघरहरूको व्यवस्थापनलाई कानुनअनुसार व्यवस्थित गर्न चारै सुरक्षा निकायको सहभागितामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले अनुगमन तथा निरीक्षण टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। टोलीले महिनामा एकपटक नियमित निरीक्षण गर्ने व्यवस्था मिलाइनेछ।

यस्तै धनगढी उपमहानगरपालिका–१३ स्थित धनगढी विमानस्थल परिसरभित्र रहेको प्रादेशिक आपतकालीन गोदामघरको व्यवस्थापन पनि प्रचलित कानुन अनुसार गर्ने तथा त्यहाँको सुरक्षाका लागि आवश्यक सीमित जनशक्ति मात्रै उपलब्ध गराउन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीलाई सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.