Sujang

डोटीमा निःशुल्क कृत्रिम खुट्टा वितरणका लागि लगत संकलन गरिदै

Ban

मंसिर ८, डोटी : आर्थिक अवस्था कमजोर रहेका शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि मारवाडी सेवा समितिद्वारा प्रदान गरिने निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमअन्तर्गत डोटीमा लगत संकलन सुरु गरिएको छ।

शैलेस्वरी अस्पताल डोटीका सञ्चालक आइजंग कुँवरका अनुसार वितरित गरिन लागेका कृत्रिम खुट्टा ओरालो–उकालो हिँडडुल गर्न सजिलो, बलियो र दीर्घकालीन हुने प्रकारका छन्। सामान्य अवस्थामा यस्ता कृत्रिम खुट्टा तयार गर्न दुई लाख रुपैयाँसम्म खर्च लाग्ने भए पनि अपांगता भएका जरुरतमन्द व्यक्तिहरूलाई यस कार्यक्रममार्फत पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ।

Krishi

हाल १५ जनाको कोटामध्ये ८ जनाको विवरण संकलन भइसकेको र बाँकी लगत छिट्टै पूरा गर्ने तयारी भएको अस्पतालले जनाएको छ। लगत संकलन पूरा भएपछि काठमाडौंबाट विशेषज्ञ चिकित्सकको टोली आउँनेछ र लाभग्राहीहरूसँग खुट्टाको माप (measurement) लिनेछ।

काठमाडौँमै तयार गरिने ती कृत्रिम खुट्टा पछि शैलेस्वरी अस्पतालमै औपचारिक रूपमा हस्तान्तरण गरिने सञ्चालक कुँवरले जानकारी दिए।

मारवाडी सेवा समितिले विगत लामो समयदेखि देशभरकै अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गर्दै आएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.