Sujang

डोटीका दुई पालिकामा घरेलुद्धारा सिप मुलक तालिम संचालन

Ban

गणेश मौनी ,कात्तिक ३ गते ,डोटी -घरेलु तथा साना उद्योग कार्यालयले डोटीको बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा सिपमुलक तालिमको सुरुवात गरेको छ ।

आर्थिक वर्ष २०७९।८० को बार्षिक कार्यक्रम अन्र्तगत बडीकेदार गाउँपालिका वडा नम्बर ५मा २ महिने वायरिङ सम्बन्धी तालिम र जोरायल गाउँपालिका वडा नम्बर ४ मा ३ महिने आधारभुत सिलाई कटाई तालिम सुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालय डोटीका सुचना अधिकारी चन्द्र सिंह धामीले बताए । उनले भने,´ तालिमको मुख्य उद्देश्य भनेको विपन्न लक्षित बर्गलाई सिप सिकाई स्वरोजगारमुखी बनाउनु, गरिबी न्यूनिकरणमा सहयोग गर्नु हो । `

Krishi

जोरायल गाउँपालिकामा संचालन भएको तालिममा वडा नम्बर ४ को सहकार्य रहेको र बडीकेदार गाउँपालिकामा घरेलु कार्यालयले नै पूर्ण रुपमा संचालन गरेको समेत सुचना अधिकारी धामीले बताए ।

दुबै पालिकामा कात्तिक १ गते देखि तालिमको सुरुवात भएको छ । बडीकेदार गाउँपालिकामा संचालन भएको तालिममा १२ जना पुरुष रहेका छन् भने जोरायल गाउँपालिकामा संचालन भएको तालिममा १२ जना महिला रहेका छन् भने तालिममा घरेलु कार्यालयले प्रशिक्षकको समेत ब्यवस्था गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय डोटीले विगतका वर्षहरुमा पनि सिलाई कटाई, ब्यूटीसियन, हाउसवायरीङ, ड्राईभिङ, ग्रिल सम्बन्धी, बेदबासका सामाग्रि निमार्ण सम्बन्धी, मोबायल ममर्त, च्याउ खेती लगाएका विभिन्न सिपमुलक तालिमहरु संचालन गर्दै आईरहेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.