Sujang

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

Ban
Krishi

कार्तिक २७ गते, अछाम: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।
बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि नै काम सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिनुभयो।
मुख्यमन्त्री शाहले सम्झौता अवधिभन्दा अघि निर्माण सम्पन्न गर्ने कम्पनीलाई प्रदेश सरकारले उच्च मूल्यांकन गर्ने बताउनुभयो।
उहाँका अनुसार, पछिल्ला वर्षहरूमा धेरै निर्माण कम्पनीहरूले ठेक्का सम्झौता अनुसार काम नगरी निर्माण कार्य अधुरो छोड्ने प्रवृत्ति देखिएकाले प्रदेश सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत सो योजनाका लागि गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा २/२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
उक्त पुल निर्माणको जिम्मा भगवती आर्किटेक जेभी, नेपालगञ्जले लिएको हो। कम्पनीले ६ करोड ४३ लाख ९३ हजार २ सय ३९ रुपैयाँमा ठेक्का सम्झौता गरी २०८४ असार २० गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य लिएको छ। निर्माणाधीन पक्की पुलको लम्बाइ ४० मिटर हुनेछ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.