Sujang

हृदयघातका कारण डा. अरुण कुमार गुप्ताको निधन

Ban

कार्तिक ४ गते,डोटी : जिल्ला अस्पताल डोटीमा कार्यरत ईन्टरनल मेडिसिन फिजिसियन डा.अरुण कुमार गुप्ताको हृदयघातका कारण असामयिक निधन भएको छ।

मंगलबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई काठमाडौंस्थित गंगालाल हृदय रोग केन्द्र लगिएको थियो। तर, चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेका आफन्तहरूले जानकारी दिएका छन्।

Krishi

बिगत दुई वर्षदेखि जिल्ला अस्पताल डोटीमा कार्यरत ४६ वर्षीय डा. गुप्ता दशैं-तिहारको बिदामा घर गएका बेला यो दुखद घटना घटेको हो। अस्पताल प्रमुख मेसु डा. सुजित मण्डलका अनुसार, डा. गुप्ताको निधनले सम्पूर्ण अस्पताल परिवार स्तब्ध भएको छ।

उदयपुर, कटारी निवासी डा. गुप्ता अत्यन्तै समर्पित र लोकप्रिय चिकित्सक थिए। उहाँका श्रीमती र एक छोरी छन्। डा. गुप्ताको निधनले स्वास्थ्य क्षेत्रले एक कुशल चिकित्सक गुमाएको छ।

शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.