Sujang

विपिन जोशीको अन्तिम दाहसंस्कार महाकाली नदीमा आज गरिने 

Ban

मोहन विष्ट,कार्तिक ४ गते, कञ्चनपुर : दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज अन्तिम दाहसंस्कार गरिने भएको छ । उनको  महाकाली नदीमा अन्तिम संस्कार गरिने छ । सोमबार बेलुकी अर्थात् लक्ष्मी पूजाको साँझ उनको शव कञ्चनपुरको भीमदत्त नगरपालिका-३ मा रहेको निवासमा पुर्‍याइएको थियो ।

ईजरायलबाट काठमाडौं ल्याइएको शव त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत घरमा ल्याइएको हो ।  धनगढी उपमहानगरपालिकाको महाप्रस्थान बाहकमार्फत घरमा शव ल्याएको छ । यस बर्षको दिपावली अर्थात् लक्ष्मी पुजाकै दिन विपिनको शव घर पुगेसंगै गाउँ टोल शोकमय भएको छ । 

विपिनको मृत्यु भएको जानकारी हमास समूहले २६ असोजमा सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेलअभिभ ल्याएको थियो । मंगलबार डिएनए परीक्षणमा उक्त शव विपिनकै भएको पुष्टि गरिएको थियो । परीक्षण र पोस्टमार्टम दुवै तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा सम्पन्न भएको हो ।

Krishi

०८० असोज २३ देखि हमासको कब्जामा रहेका विपिनको मृत्यु मंसिरतिरै भएको नेपाली अधिकारीलाई इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन् । दुई वर्षअघि नै इजरायलले लिएको परिवारको डिएनए परीक्षणका आधारमा शवको डिएनए परीक्षण गर्दा विपिनको शव पुष्टि भएको थियो ।

विपिन जोशीका दाजु किशोर जोशीले परिवारमा अनपेक्षित घटेको बताए । ‘हमास समुहको नियन्त्रणमा रहेका भाईको कसरी के कारणले मृत्यु भयो ?, ‘उनले भने, ‘दुई देश बिचकोद्वन्द्वमा असंलग्न अर्को मुलुक त्यही पनि नेपाली नागरिकको हत्या कसरी र किन भयो ?’ भाईको रिहाईका लागि स्वदेश मात्रै होईन विदेशमा हारगुहार गर्दा समेत परिमाण उल्टो आएको भन्दै आफ्नो परिवारका लागि यो अत्यान्तै दुखान्त घटना भएको बताए । ‘सास पाउने आशै आसमा थियौँ, तर लाश पाईयो, ‘उनले भने, ‘रातभर घरमा शव कुछौँ,  मंगलबार बिहानै महाकाली नदीमा दाहसंस्कार गछौँ ।’ 

दुई बर्ष अघि जिवित रहेका भाईको पार्थिव शरिर घरमा पुग्नेदिन आफुहरुका लागि कहिल्यै नमेटिने घाउ बनेको उनले दुखेसो पोखे । २५ बर्षिया विपिन जोशीलाई गुमाएसंगै घर परिवार, आफन्त, साथीभाई  र छरछिमेकी शोकाकुल भएका छन् । 

 

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.