Sujang

चौथो रनुकाँडा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि अर्ना स्पोर्ट्स (ए) लाई

Ban

एकेन्द्र चन्द, कार्तिक १ गते,डोटी : विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजित गाउँपालिका स्तरीय चौथो रनुकाँडा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि अर्ना स्पोर्ट्स (ए) लाना कुन्थलाले हात पारेको छ।

Krishi

महन्याल आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा अर्ना स्पोर्ट्स (ए)ले होटेल डिएससीलाई पराजित गर्दै विजेता बनेको हो। टस जितेर बलिङ रोजेको अर्ना स्पोर्ट्स( ए)ले होटल डिएससीलाई ५७ रनमा अलआउट गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको अर्ना स्पोर्ट्स (ए)ले ११ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि आफ्नो नाममा गरेको हो।

विजेता टोलीले ३१ हजार ५ सय रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता होटेल डिएससीले १८ हजार ५ सय रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.