Sujang

निर्बाचन आचार संहिता पूर्ण पालनामा सरोकारवालाको प्रतिबद्धता

Ban

गणेश मौनी ,कात्तिक ३ डोटी -मंशिर ४ गते हुन गईरहेको आसन्न प्रदेश सभा र प्रतिनिधी सभा सदस्यहरुको निर्बाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न डोटीमा निर्बाचन आचार संहितालाई पूर्ण रुपमा परिपालन गर्न सरोकारवाला निकाएले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला निर्बाचन आचार संहिता अनुगमन समिति डोटीले बिहीबार आयोजना गरेको आचार संहिता कार्यान्वयन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवाला निकाएहरुले आचार संहिता कार्यान्वयनमा प्रतिबद्धता जनाउनुका साथै कसैले उलंघन गर्न नपाईने सुझाब समेत दिएका छन् ।
आसन्न निर्बाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भएरहित बातावरणमा सम्पन्न गर्न निर्बाचन आचार संहिताको पूर्ण पालन गर्न आवश्यक रहेको जिल्ला निर्बाचन आचार संहिता अनुगमन समिति डोटीका सह संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । उनले भनिन निर्बाचनलाई शान्त भइरहित बातावरणमा सम्पन्न गर्ने हामी सबैको दायीत्व हो सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ, निर्बाचनको लागि अन्य ब्यवस्थापकीय क्षेत्रमा तिब्र रुपमा तयारी भईरहेको समेत प्रजिअ श्रेष्ठले बताईन् ।

निर्बाचनलाई शान्त, निष्पक्ष रुपमा सम्पन्न गर्न निर्बाचन आचारसंहिताको पूर्ण पालना आवश्यक रहेकोे जिल्ला निर्वाचन कार्यालय डोटीका निर्बाचन अधिकारी करुणाकर पन्तले बताए । आसन्न निर्बाचनलाई सम्पन्न गर्न आम नागरिकको दायीत्व रहेका समेत पन्तले बताए ।

कार्यक्रममा बोल्दै अधिकांस सहभागिहरुले निर्बाचन आयोगले जारी गरेको आचार संहिता सम्बन्धीत सबै निकाएले पूर्ण रुपमा परिपालन गर्नुपर्ने, आचार संहिता पालना गरे, नगरेको अनुगमन गर्नुपर्ने, निर्बाचन आचार संहिता उलंघन गर्नेलाई निमय अनुसार कारबाही गर्नु पर्ने लगाएका सुझाब समेत दिएका थिए ।

जिल्ला निर्बाचन आचार संहिता अनुगमन समिति संयोजक एबं मुख्य निर्बाचन अधिकृत शिवलाल पाण्डेको संयोजकत्वमा संचालन भएको कार्यक्रममा डोटी प्रमुख जिल्ला अधिकारी, राजनितीक दल,सुरक्षा निकाए, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी, ब्यापारी, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.