Sujang

बडिकेदार गाउँपालिकामा चौथो टी–२० क्रिकेट प्रतियोगिता सुरु

Ban

एकेन्द्र चन्द,असोज २९ गते ,डोटी : डोटीको बडिकेदार गाउँपालिका–४ रनुकाडामा विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर आजदेखि चौथो गाउँपालिका स्तरीय रनुकाडा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

रनुकाडा युवा क्लबको आयोजनामा र बडिकेदार गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष भैरव साउदले गर्नुभएको हो ।

Krishi

रनुकाडा युवा क्लबका अध्यक्ष विशाल ताडीका अनुसार प्रतियोगिताको विजेताले रु. ३१ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १८ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
प्रतियोगितामा ८ टोलिको सहभागीता रहेको छ ।

उद्घाटन समारोहमा बोल्दै बडिकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बडिकेदारका युवाहरूले खेलकुदमार्फत पालिकाको इज्जत बढाउनुपर्ने बताउनु भयो

उहाँले बडिकेदारबाट नै नरेन्द्र साउदजस्ता प्रतिभाशाली खेलाडीहरू उदाएका भन्दै खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, खेलाडी भरत चन्दले अहिले क्रिकेटबाट नाम र दुवै कमाउन सकिने बताउँदै बडिकेदार गाउँपालिकाले पालिकामा खेलमैदान निर्माण गरी स्थानीय खेलाडीका माग पूरा गर्नुपर्ने सुझाव दिनु भएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.