Sujang

अछामबाट धनगढी जाँदै गरेको इभी हाइस दुर्घटना : एकको मृत्यु, १८ घाइते 

Ban

असोज २५ गते,डोटी :डोटीको जोरायलमा इभि हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अठार जना घाइते भएका छन् । जोरायल गाउँपालिका- १ गोल्डेन स्थित भिमदत्त राजमार्गमा आज बिहान करिब ५ः३५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

अछामबाट धनगढी तर्फ जाँदैगरेको सु.प.प्र. ०१ ००१ ख ३९५६ नम्बरको ईभि हाइस अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको मृत्यु भएको र आँठ जना गम्भिर घाईते भएका छन् भने दर्घटनामा अन्य १० जना घाईते भएका र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

 

अछाम जिल्ला मङ्गलसेन नगरपालिका वडा नं.९ का बर्ष २२ कि हरिया परियारको घटनास्थलमै मृत्यु भएको बताइएको छ । प्रहरी बरिष्ठ नायब निरिक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १४ जनाको प्रहरी टोली र स्थानीयले घटनामा घाईतेहरुको उद्धार गरी उपचारको लागि कैलाली अत्तरिया स्थित पद्मा अस्पतालमा पठाइएको छ ।

Krishi

 

गम्भिर घाईते हुनेहरुमा अछाम, मङ्गलसेन नपा वडा नं. ९ बस्ने बर्ष १८ का लोकेन्द्र रावल, बर्ष १६ का एकेन्द्र बिक, बर्ष ३५ की मोतिकला परियार, बर्ष ११ का बिराज परियार, बर्ष ५३ का भिम ब. ढोली, बर्ष ११ की सृष्टी परियार, बर्ष १९ का बिनोद परियार, बर्ष ३० की मनसरी परियार रहेका छन् ।

 

अन्य घाईते हुनेहरुमा कैलाली जिल्ला धनगढी उ.म.न.पा. वडा नं. १२ बि गाँउ बस्ने वर्ष ३८ का हाइस चालक देब बहादुर थापा रहेका छन् । त्यसैगरी अछाम, मङ्गलसेन नपा वडा नं. ९ का बर्ष ४२ का मेघ्या ढोली, बर्ष ५ की आहाना परियार, बर्ष ५ की एलिसा परियार, बर्ष ५० की पद्मा परियार, बर्ष ५ की रिया परियार, बर्ष २३ का रबी परियार, बर्ष ३७ का नृप ढोली, बर्ष ३८ का देवराज भाट, अछाम बान्निगढी नपा वडा नं. १ जयगढ बस्ने बर्ष ५० की इन्द्रसरा परियार रहेका छन् ।

 

मृत्यु हुने र घाईते हुनेहरुमा सबैजसो अछाम, मङ्गलसेन नपा वडा नं. ९ का रहेका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.