Sujang

डोटीमा अवैध मदिरा र सुर्ती कारोबारमा कडाइ :अनुमति बिना बेचबिखन गरे कानुनी कारबाही हुने

Ban

असोज २३, डोटी : डोटीमा इजाजत (अनुमति) बिना मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार गरेमा कडा कानुनी कारबाही गरिने भएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले जिल्लामा मदिरा तथा सुर्तीजन्य पदार्थको नियमन, नियन्त्रण र अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गर्दै काम गर्ने सहमति पनि जनाएको छ।

प्रजिअ जोशीले भने, “जिल्लामा अनुमति बिना संचालन भएका मदिरा र सुर्तीजन्य व्यवसायलाई कानुन बमोजिम कारबाही गरिनेछ। साथै, दर्ता नभएका व्यवसायहरूलाई दर्ता प्रक्रियामा ल्याउन स्थानीय तहसँग समन्वय गरिने निर्णय गरिएको छ।”

Krishi

चाडपर्व लक्षित अनुगमन

चाडपर्वमा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी जस्ता समस्या देखिन सक्ने भएकाले मुख्य बजार र स्थानीय बजारहरूको नियमित अनुगमन गरिने भएको छ।

प्रजिअ जोशीले सार्वजनिक स्थलमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवन नगर्न आग्रह गर्दै, अनुगमनका क्रममा उल्लंघन देखिएमा कानुनी कारबाही हुने चेतावनी दिएका छन्।

सबैको सहयोग आवश्यक

प्रजिअ जोशीका अनुसार, मदिरा तथा सुर्तीजन्य पदार्थ सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको छ। बैठकमा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय र उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.