Sujang

बाल सुधार गृहमा रहेका एक युवकले गरे आत्महत्या

Ban

असोज १९ गते ,डोटी:डोटीको सिलगढीबाट रहेको बाल सुधार गृहमा रहेका एक युवकले झुण्डिएर आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-७ खतेडी घर भई जवरजस्ती करणी मुद्दामा बालसुधार गृहमा रहेका १९ बर्षीय श्याम बिकले आत्महत्या गरेका हुन् ।

Krishi

उनले आफु सुत्ने कोठाको पंखा झुण्ड्याउनका लागि बनाएको हुकमा डोरीले आफ्नै सुत्ने कोठामा आईतबार बिहान ९ : ४० बजेको पासो लगाएका थिए । डिउटीमा खटिएको प्रहरी हवल्दार बिर्ख रोकायाले विकलाई झुण्डिएको अवस्थामा देखि तत्काल पासो काटि उपचारको लागि जिल्ला अस्पताल डोटी पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले चेकजाँच गरेपछिउनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक बिक भदौ २४ गते बालसुधार गृहबाट भागेका थिए ।

शनिबार राति १० बजे मात्रै मृतक बिकका बुवा लाल बहादुर बिक लगायतका अभिभावकले उनलाई प्रहरीको जिम्मा लगाएको बालसुधार गृहकी प्रमुख सानुमाया लिम्बु गुरुङले बताइन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.