Sujang

डोटीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

Ban

असोज १८ गते डोटी : डोटीमा मृत अवस्था भेटिएका पुरुषको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार, शिखर नगरपालिका–८ गोपघाट स्थायी घर भएका २८ वर्षीय शंकर बलायर मृत अवस्था फेला परेको खुलेको हो ।

Krishi

प्रहरी निरीक्षक रावलका अनुसार शुक्रबार राती १२:०० बजे तिर जिल्लाको शिखर नगरपालिका–८ गोपघाट केआईसिंह राजमार्गको सडकमा घोप्टाे अवस्थामा टाउँकोमा गम्भीर चाेट लागेको अवस्था मृत फेला परेको बताए ।

मृतक फेला परेका बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय पथलैया वारा दरबन्दी भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान रहेको प्रहरी निरीक्षक रावलले बताए ।
उनी असोज ७ गतेदेखि लागु हुने गरी दसैँ मनाउन १८ दिनको बिदामा घर आएका थिए ।

मृतकका आफन्तले घटना संकास्पद भएको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन् ।

के कारणले मृत्यु भएको भन्ने बारेमा खुलेको छैन । घटनाबारे थप अनुसन्धानका लागि घटना स्थलमा प्रहरी निरीक्षक रावलको कमान्डमा प्रहरी खटिएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.