

असोज १८ गते डोटी : डोटीको शिखर नगरपालिका–८ गोपघाट सडकमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार केआईसिंह राजमार्गको सडकमा अन्दाजी २८/३० वर्षको पुरुष मृत भेटिएका हुन् ।

प्रहरी चौकी तिलताली डोटीका प्रहरी नायव निरीक्षक भुवन सिंह बोहराका अनुसार शनिवार बिहान तीन बजे सडकमा पहिचान नखुलेको मृतको टाउकोमा गम्भीर चोट लागेको बताए ।
घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा ९ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक महेन्द्र नेपालले बताए ।

