Sujang

सुदूरपश्चिमका कांग्रेस नेताको निष्कर्ष: झगडा होइन, बलियो एकता बनाउने बेला हो

Ban

असोज ७ गते, कैलाली :सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका अगुवा नेताहरूले अहिले असन्तुष्टि र अन्तर्विरोध देखाउने बेला नभई आन्तरिक एकता मजबुत बनाउने बेला रहेको टिप्पणी गरेका छन्। मंगलबार धनगढीमा आयोजित छलफल कार्यक्रममा बोल्दै अधिकांश नेताहरूले अहिले अनेक बखेडा झिकेर आन्तरिक समस्या सिर्जना गर्ने बेला नभएको बताएका हुन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संयोजन गरेर छलफल बोलाएका थिए। 

‘जेन–जी आन्दोलन र त्यसपछि विकसित विषम परिस्थितिका बारेमा गर्न बैठक बसेको हो,’ कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावत ‘डोटेली कान्छा’ले भने,‘जनताका आकांक्षा अधिक छन्, पार्टी सरकारमा हुँदा पनि स्रोतसाधनको सीमितताका कारण सबै पूरा नहुँदा नयाँ अवस्था सिर्जना भएको समीक्षा रह्यो।’ तर, नयाँ पुस्ताले गरेको आन्दोलनमा अनेक समूहले घुसपैठ गरेर योजनाबद्ध रूपमा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि सांघातिक हमला गरेको, देशभरका पार्टी कार्यालयमा क्षति पु¥याएको, कांग्रेसकै नेताकार्यकर्तामाथि छानी छानी आक्रमण गरेको विषय सामान्य मान्न नसकिने निष्कर्ष निकालिएको पनि उनले बताए। 

‘यसलाई सामान्य मान्न सकिन्न। यो कांग्रेसमाथि योजनाबद्ध हमला हो। यसबारे पार्टी एक ढिक्का भएर कानुनी उपचार खोज्नमा लाग्नुपर्नेबारे पनि छलफल भएको छ,’ प्रवक्ता रावतले भने। 

Krishi

बैठकमा मुख्यमन्त्री शाहले नेपालमा लोकतन्त्र र स्थायित्व कमजोर पार्न खोज्ने शक्तिले कांग्रेसमाथि हमला गरेको बताएका थिए। ‘नेपालको लोकतन्त्र कमजोर पार्न बलियो लोकतान्त्रिक संघर्षको विरासत, संगठनात्मक एकता भएको कांग्रेसलाई कमजोर पार्नुपर्छ भनेरै कांग्रेसमाथि हमला गरिएको छ,’ मुख्यमन्त्री शाहले भनेको कुरा उद्धृत गर्दै उनको सचिवालयले भन्यो,‘सँगै नेपाली लोकतान्त्रिक आन्दोलनका सबैभन्दा शीर्ष व्यक्तित्व शेरबहादुर देउवामाथिको आक्रमण झन् समस्त कांग्रेसको मनोबल गिराउन अभिप्रायले गरिएको आक्रमण हो। यसलाई सामान्य मान्न सकिन्न।’ 

यसै कारण अहिलेको अवस्थामा कांग्रेसको सुझबुझपूर्ण एकता आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ। ‘पार्टीको वास्तविक एकता आवश्यक परेकै बेला झन् विशेष महाधिवेशनका नाममा एकतालाई खण्डित गर्ने किसिमका गतिविधि हुनु दुखद रहेको पनि छलफलको निष्कर्ष रह्यो। यसमा पनि कहीँ न कहीँ कांग्रेस कमजोर पार्न खोज्ने शक्तिकै हात हुनसक्छ। त्यसैले सुदूरपश्चिम कांग्रेस एक ढिक्का भएर केन्द्रलाई स्पष्ट सन्देश दिनुपर्छ भन्ने पनि मत रह्यो,’ प्रवक्ता रावतले भने। 

पार्टी सभापति देउवा घाइते अवस्थामा उपचाररत रहेका बेला नेतृत्वका बारेमा पार्टीभित्रै अनेक फन्डा झिक्न नहुने विषयमा पनि सम्बन्धित नेताको ध्यानाकर्षण गराउनेबारे पनि छलफल भएको उनले बताए। 

छलफलमा केन्द्रीय सदस्य नृपबहादुर वड, सुशीला मिश्र भट्ट, राष्ट्रिय सभाका सांसदहरू नारायण मिश्र र नारायणदत्त भट्ट, कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवाहक सभापति लोकराज अवस्थी, प्रदेशको सहमहामन्त्री चिन्तामणि भट्ट, प्रदेश सरकारका मन्त्री आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटी, कैलालीका कार्यवाहक सभापति खेम चौधरी, पार्टीका प्रदेशस्तरीय पदाधिकारी, प्रदेश सभाका सांसदलगायतको उपस्थिति थियो। – नागरिक दैनिक

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.