Sujang

डोटीमा संविधान दिवसको पूर्वसन्ध्यामा सरसफाइ

Ban

असोज २ गते ,डोटी : डोटीमा संविधान दिवसको पूर्वसन्धयामा सरसफाइ गरिएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा बिहीबार सुदूर पश्चिमको धार्मिक तथा पर्यटकीय स्थल शैलेश्वरी मन्दिरको परिसरमा सरसफाइ गरिएको हो।

डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले संविधान दिवसका अवसरमा सरसफाइ आयोजना गरिएको बताउँदै सरसफाइ र संरक्षण सबैको दायित्व भएको बताए।

Krishi

मन्दिर परिसरमा सरसफाइ गरिएको र अन्य कार्यक्रम पनि रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण सिंहले बताए।

सरसफाइमा सुरक्षा निकाय,सरकारी कर्मचारी,राजनीतिक दल, नागरिक समाज,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

दिवसका अवसरमा जिल्लामा बिहीबार सरसफाइ,शुक्रवार बिहान जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण तथा स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र साँझ शैलेश्वरी मन्दिर परिसरमा दीप प्रज्वलन गरिने जनाएको छ ।

त्यस्तै शनिवार बिहान जिल्ला अस्पताल परिसरमा वृक्षा रोपण कार्यक्रम रहेको छ। ।

संविधान दिवस असोज ३ गते मनाउने गरिन्छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.