Sujang

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त

Ban

भदौ २९, काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा सविता भण्डारी बराललाई नियुक्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

Krishi

नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। वरिष्ठ अधिवक्ता भण्डारी पहिलोपटक महिला महान्यायाधिवक्ता बनेकी हुन्। 

केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि महान्यायाधिवक्ता रमेश बडालले आइतबार राजीनामा दिएका थिए। उनको राजीनामा आएपछि प्रधानमन्त्री कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

जेनजी अभियन्ताहरूको प्रस्तावमा कार्की प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र चुनाव गराउनेगरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। अन्तरिम सरकारले फागुन २१ गते चुनावको मिति तोकेको छ। 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.