Sujang

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा फलफूल वितरण

Ban
Krishi

भदौ १९ गते , डोटी : नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।
बिहीबार नेपाली निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेको हो।
स्थापना दिवसको अवसरमा बिरामीको स्वास्थ्य लाभको कामना गर्दै जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको कार्यवाहक अध्यक्ष सुमित्रा थापा मगरले बताइन् ।
फलफूल वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह ,जिल्ला अस्पतालका मेसु सुजित मण्डल,पत्रकार, शुभेच्छुक सङ्गठनका प्रमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

हरेक वर्ष भदौ १९ गते नेपाल निजामती कर्मचारी युनियनले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.