

भदौ १९ गते ,डोटी ः नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।

बिहीबार नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी डोटीका सभापति खडक खड्काले बताएका छन् ।
फलफूल वितरण कार्यक्रममा रेडक्रसकर्मी, पत्रकार, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटीको स्थापना वि.स. २०२० साल भदौ १९ गतेको दिन भएको थियो ।

