


भाद्र १८, डोटी :समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको अध्यक्षमा पुनः यज्ञराज जोशीलाई चयन गरिएको छ ।
बुधबार जिल्ला समन्वय समिति सिलगढीको सभाहलमामा सम्पन्न १९ औं साधारण सभा तथा अधिवेशनबाट जोशी नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन भएको हो ।
नयाँ समितिको उपाध्यक्षमा गणेश पार्की, महासचिवमा प्रेम नेपाली, सचिवमा राधिका टमाटा र कोषाध्यक्षमा संगीता मल्ल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यमा सरस्वती मल्ल, जगुली नेपाल, नवराज जोशी र गीता कुमारी कुँवर चयन भएका छन् ।


