Sujang

पैरवी तथा समन्वय बैठक सम्पन्न

Ban

बिक्रम खड्का,भदौ १० डोटी : बालमैत्री र लैङ्गिक उत्तरदायी सेवा प्रवाहका लागि पैरवी तथा समन्वय बैठक सम्पन्न भएको छ।

सोमबार नगरपालिकाको सभाहलमा पैरवी तथा समन्वय बैठक सम्पन्न भएको हो।

सामुदायिक विकास केन्द्र डोटीको आयोजना तथा सशक्त महिला समृद्ध नेपाल र युनाइटेड मिसन नेपालको सहकार्यमा कार्यक्रम गरिएको थियो ।

Krishi

बैठकमा बालबालिकाका हक अधिकार सुनिश्चित गर्ने, विपन्न परिवारका लागि सहुलियत कार्यक्रम ल्याउने र महिलाहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने नीति निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख बाजी सिंह खड्का ले गर्नुभएको थियो। उहाँले सरकारी निकाय र साझेदार संस्थाबीच सहकार्यबाट नगर समृद्ध बनाउने प्रतिबद्धता जनाउनुभयो।

बैठकमा अधिवक्ता कैलाश साउँदले बालअधिकार र नीतिनियमहरूबारे प्रस्तुति दिनुभएको थियो भने सुस्मा चौधरी ले लैङ्गिक हिंसा र अन्तरपुस्तीय संवादका विषयमा जानकारी दिनुभयो।

बैठकमा विभिन्न वडाध्यक्ष, नगर कार्यपालिका सदस्यहरू, सामाजिक विकास अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख, युनिसेफ प्रतिनिधि, तथा कार्यक्रमसँग सम्बन्धित अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.