

विक्रम बहादुर खड्का,भाद्र ८ गते ,डोटी :वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सामुदायिक विकास केन्द्र डोटी र समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीद्वारा सञ्चालित परियोजनाको आदर्श र सायल गाउँपालिकामा संयुक्त अनुगमन पश्चात् परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।
गत बिहीबार वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सामुदायिक विकास केन्द्र डोटी र समान पहुँच विकास केन्द्र सिड नेपालडाेटीले आदर्श गाउँ पालिका र सायल गाउँपालिका विभिन्न विद्यालय र समुदायमा गरेका कार्यहरूको संयुक्त अनुगमन गरिएको थियो ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल अन्तरगत सामुदायिक विकास केन्द्र डोटी र समान पहुँच विकास केन्द्र सिड नेपालद्वारा सञ्चालित परियोजना हरूको जिल्ला सल्लाहकार समितिका संयोजक लक्ष्मण बहादुर सिंह, आदर्श गाउँपालिका र सायल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भीम पनेरु ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत,महिला तथा बालबालिका शाखा प्रमुख,शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख ,वर्ल्ड भिजन इन्टरनेसनल नेपालका जिला संयोजक गांगी बलाएर, सामुदायिक विकास केन्द्र डोटी र सम्मान पहुँच विकास केन्द्रका अध्यक्ष ,परियोजनामा कार्यरत कर्मचारी तथा पत्रकार लगायतको टिमले दुइटै पालिकामा संस्थाले गरेको कामकाे अनुगमन गरेको थियो।
विद्यालय स्तरमा शैक्षिक गुणस्तर र समुदायमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएर संस्थाहरूले निरन्तर ५ वर्षदेखि कार्यक्रम गर्दै आइरहेको थियो ।

पालिका स्तरका विद्यालयमा भवन निर्माण,शौचालय निर्माण सँगै विद्यालयको शैक्षिक व्यवस्थापन र विद्यालय स्तरिय बाल क्लब गठन गरी बाल क्लबलाई शैक्षिक रूपमा अगाडी बढाउन सामुदायिक विकास केन्द्र डोटी द्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाले काम गरिरहेको र समुदाय स्तरमा विभिन्न कुरीति हरूलाई अन्त्य गर्ने उद्देश्यले विभिन्न सञ्जाल गठन गरी सचेतना जोगाई समुदायमा सशक्तीकरण ,स्थानीय तहलाई विभिन्न नीति तथा निर्माणमा सहयोगको काम समान पहुँच विकास केन्द्र डोटी द्वारा सञ्चालित बाल संरक्षण तथा बाल स्पाेन्सर्स परियोजनाले गर्दै आइरहेको सामुदायिक विकास केन्द्र डोटी द्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना डोटीका परियोजना संयोजक दिनेश बमले बताए ।
संस्थाहरूले निरन्तर यो विषयमा ५ वर्ष काम गर्दा अति नै राम्रो गरेको छ,विद्यालयको भौतिक संरचनाको स्वरूप फेर्ने देखी, शैक्षिक गुणस्तरमा सुधारका साथै न्यून वर्गका विद्यार्थी हरूलाई सजिलैसँग विद्यालयको पहुँचमा निर्धक्क आउन सक्ने वातावरण मिलेकोमा संस्थाहरूलाई धन्यवाद दिँदै आउँदा दिनमा पनि यस्ता कार्यक्रम हरूलाई निरन्तरता दिएर सहयोग गरिदिन अनुगमनका क्रममा प्रभात माध्यमिक विद्यालयमा पुगेको टोलीलाई उक्त विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले आग्रह गरे।
त्यस्तै समुदायको बृहत्तर हितमा बाल विवाह ,महिला हिंसा,घरेलु हिंसा छाउपडी कुप्रथा लगायतका अभियानमा संस्था हरूले अग्रणी भूमिका खेलेको र पूर्ण रूपमा प्रतिफल नपाए पनि यस्ता अभियान लाई निरन्तरता दिएर अझै पूर्ण रूपमा प्रतिफल पाउन समुदायमा यस्ता अझै थप कार्यक्रमको आवश्यकता रहेको आदर्श गाउँपालिका वडा नम्बर ५ लामिखालका सहभागी अभिभावकले जनाएका थिए ।
संयुक्त अनुगमनका क्रममा देखिएका कुराहरूको समीक्षा राख्दै परियोजनाहरूको जिल्ला सल्लाहकार समितिका संयोजक लक्ष्मण बहादुर सिंहले संस्थाहरूले स्थानीय सरकार लाई सहयोग गरी उल्लेखनीय कार्यहरू गरेकोमा धन्यवाद ज्ञापन गर्दै निरन्तर गरेको कामलाई बढुवा दिँदै आउँदा दिनमा लागु औषध नियन्त्रण सम्बन्धी जानकारी मुलुक कार्यक्रम,पारिवारिक संवाद,विभिन्न सन्देश मूलक सडक नाटक अनलाइन सुरक्षा लगायतका कार्यक्रम लाई अगाडी बढाएर काम गर्न सल्लाह दिएका थिए।
सामुदायिक विकाकेन्द्र डोटीले सन् २०२१ देखि २०२५ सम्म जिल्लका दिसिनपा, पुर्बीचौकी, सायल र आदर्श गाउँपालिकामा कार्यक्रम फेजआउट संगै संस्थाले चार बर्ष सम्म गरेका गतिविधि निति नियम क्षेत्रमा गरेको कार्यको फाईल वनाएर पालिका उपाध्यक्षलाई हस्तान्तरण समेत गरिएको छ ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सामुदायिक विकास केन्द्र डोटी र समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीद्वारा सञ्चालित परियोजनाहरूको जिल्ला समन्वय समितिका प्रमुख सिंहको अध्यक्षता सम्पन्न बैठकमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’ पुर्विचाैकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्याय,सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशी,आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्का,पुर्बिचाैकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का, आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकाय,सायल गाउँपालिका उपाध्यक्ष निर्मला वली, जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्मा, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरू,शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रतिनिधि,शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख, नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बम, ४ वटै पालिकाका प्रतिनिधि शिक्षक, बालबालिका,धामी,अभिभावक लगायतको सहभागिता रहेको थियो।

