Sujang

तिजको अवसरमा गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट लिए पाँच सय जनाले सेवा

Ban
Krishi

भदौ ७ गते ,डोटी: हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा डोटीको के.आई.सिँह गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरमा करिब ५ सय जनाले स्वास्थ्य सेवा लिएका छन्। 

केआईसिह गाउँपालिका वडा नम्बर ७ मा रहेको नव बिहानी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा  निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।
सुजङ्ङ अस्पतालको प्राविधिक सहयोग र सुजङ्ङ स्कुलको समेत सहयोगमा शिविर सँचानलन गरेको सहकारी अध्यक्ष अर्जुन बलायरले बताए । 
शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, भिडियो एक्सरे सेवा,  मानसिक समस्या भएकालाई मनोपरामर्श, छाला रोग, प्यालेटिभ केयरसम्बन्धी परामर्श तथा अन्य सामान्य उपचार र निःशुल्क औषधि वितरण सेवासमेत प्रदान गरिएको छ।
ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष बलायरले बताए। शिविरमा स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए। शिविरमा उक्त क्षेत्रका करिब ५ सय नागरिकले स्वास्थ्य सेवा लिएको बलायरले  जानकारी दिए।

कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.