Sujang

मन्त्री पौडेलद्वारा डोटीमा १२ करोड ७९ लाखको खानेपानी योजना शिलान्यास

Ban

भदौ ७, डोटी : खानेपानीको अभाव झेल्दै आएको दिपायल सिलगढी नगरपालिका–१ को तिखा क्षेत्रमा बहुप्रतीक्षित खानेपानी योजना निर्माणको कार्य औपचारिक रूपमा सुरु भएको छ।

Krishi

१२ करोड ७९ लाख रुपैयाँ लागतमा निर्माण हुने सो योजनाको शिलान्यास संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रवार गर्नुभएको हो।

खानेपानी योजनाले यस क्षेत्रका करिब १० हजार जनता लाभान्वित हुने दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले जानकारी दिए । उनले योजनाको ठेक्का सम्झौता भई निर्माण व्यवसायी कार्यक्षेत्रमा आइसकेकाले काम छिटै सुरु हुने बताए ।

सेती नदीबाट लिफ्टिङ्ग गरि खानेपानी आपूर्ति हुने उक्त योजनामा ४ वटा रिजरभोयर टङ्की निर्माण हुनेछन् । जसमा तीन वटा टङ्की लिफ्टिङ्गका लागि र एक ग्र्याभिटी फलोका लागि प्रयोग हुनेछ । योजना २०८३ कात्तिकसम्म निर्माण भइसक्ने नगरपालिकाले जानकारी दिएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.