


भदौ ३ गते ,डोटी :डोटीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । डडेलधुराको अलिताल गाउँपालिका–६ स्थायी घर भई डोटीको जोरायल गाउँपालिका–२ भट्टी खोला बस्ने २६ वर्षीय गंगा बहादुर मगरलाई लागुऔषधसहित मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घरमा लागुऔषध बिक्री वितरण गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले मगरको घर खानतलासी गर्दा कालो प्लास्टिकको पोलिथिनमा पोको पारेर राखिएको हिरोईन जस्तो देखिने १.५७ ग्राम लागुऔषधसहित मगरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिनुभएको छ।

