Sujang

सुदूरपश्चिममा होटल म्यानेजमेन्ट संकायतर्फ गुरुकुल इन्टरनेशनलका प्रकाश ऐर प्रथम

Ban

भदौ २,कञ्चनपुर — महेन्द्रनगरमा अवस्थित गुरुकुल इन्टरनेशनल स्कुलका छात्र प्रकाश ऐरले ३.६७ जिपिए प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशभर होटल म्यानेजमेन्ट संकायतर्फ प्रथम स्थान हासिल गरेका छन्।

Krishi

विद्यालयका काेडिनेटर प्रभात चन्दका अनुसार यस वर्ष होटल म्यानेजमेन्ट संकायमा अध्ययनरत २२ जना विद्यार्थीमध्ये ऐरले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका हुन्।

विद्यालयका काेडिनेटर चन्दले ऐरको सफलता विद्यालयको शैक्षिक गुणवत्ता र विद्यार्थीको निरन्तर मेहनतको प्रतिफल भएको बताए।

“हाम्रो विद्यालयमा अध्यक्ष छात्र प्रकाशले प्रदेशमै प्रथम स्थान हासिल गर्नु विद्यालयका लागि गर्वको विषय हो,” काेडिनेटर चन्दले भने।
“उनको यो उपलब्धिले अन्य विद्यार्थीलाई पनि प्रेरणा मिल्ने विश्वास लिएका छौँ। हामी आगामी दिनमा यस्ता परिणामलाई अझ सुदृढ बनाउने प्रतिबद्धताका साथ अगाडि बढिरहेका छौँ,” उनले थपे।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.