Sujang

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता गंगाराममाथि कारबाही

Ban

साउन ३० गते ,धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेकी छन्। उनले पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै चौधरीमाथि कारबाही गरेर संसदलाई जानकारी गराएकी हुन्। पार्टीको केन्द्री समितिको पदाधिकारी र संसदीय दलको नेताबाट उनलाई हटाइएको हो।

Krishi

पार्टीको संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले नपाएको महासचिवको ओहोदा उल्लेख गरी पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टीको हित विपरीत हुने गरी अवाञ्छनीय क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो नदिएपछि फेरि माग्दा जवाफ नै नदिएको पत्रमा उल्लेख छ।

उनले संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधान विपरीत केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको, संवैधानिक आयोगको रूपमा रहने निर्वाचन आयोगको बैठक निर्णय विपरीत पार्टीको महासचिव पद उल्लेख गरी पार्टीको छाप तथा लेटरप्याड दुरुपयोग गरी विभिन्न निर्णय एवम् पत्राचारहरू गरेको र दल त्याग गरेको एवम् केन्द्रीय कमिटी पदाधिकारी समेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको आरोप चौधरीमाथि लगाएकी छन्।

पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा संरक्षक रेशम चौधरी खेमा र अध्यक्ष श्रेष्ठ पक्षबिचको विवाद उत्कर्षमा पुगेको छ। रेशम पक्षले श्रेष्ठलाई अध्यक्षबाटै हटाएको भएपनि निर्वाचन आयोगले मान्यता दिएन।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.