

असोज ३० गते ,डोटी –नेपाली कांग्रेस डोटीका पार्टीका सभापति तथा प्रदेश सभा `क´ का उम्मेदवार नरेन्द्र बहादुर सिंहले गठबन्धन अहिलेको आवश्यकता रहेको बताएका छन् ।
आइतबार पुर्बी चौकीगाउँपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको सयुत्त शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,´ संविधान बचाउन, मुलुकको राज्य प्रणाली र शासन प्रणाली जोगाउनका लागी गठबन्धन आवश्यक रहेको छ ।`
गरिब मानिसको आर्थिक उन्नती, समृद्धि र उसको जिवनस्तर उठाउने कार्यमा साझा मुद्दा बनाएर आफु अग्रसर हुने बताए । `गठवन्धन दलको साझा उम्मेदवार भएकाले भोलिका दिनमा गठबन्धन दलका नेताकार्यकर्ताको मनोभावना अनुरुप अगाडी वढ्ने छु ।`
उनले थपे , ‘म पदमा हुँदा मात्र होइन, नहुँदा पनि डोटीका जनताको स्वास्थ्य, शिक्षा, अभाव र बेरोजगारी लगायत अनेक समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर लागेकै छु । लाग्ने नै छु । सधैं तपाईंहरूकै सुख दु:खमा रहेको छु । रहनेछु ।’
