Sujang

डोटीमा कृत्रिम घटनाको अभ्यास गर्दै अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो 

Ban
असोज, ३० गते डोटी – डोटीको सिलगढीमा कृत्रिम घटनाको अभ्यास गर्दै अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइएको छ ।
सिलगढी स्थित टुँडिखेलमा आइतबार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस कृत्रिम घटना अभ्यास गरी मनाएको हो ।
“सबैका लागि बहुप्रकोपीय पूर्व सूचना र कार्य” भन्ने मूल नाराका साथ अकस्मात् आउने विपद्को जोखिमलाई कसरी समाधान गर्ने भनेर नेपाली सेना तथा नेपाल प्रहरीले आगलागीका साथै विपद् आउँदा सुरक्षित रहन, विपदमा परेका पीडित तथा घाइतेको शीघ्र उपचार गर्नुपर्ने जस्ता कुराको सेमुलेसनमा देखाइएको थियो ।
आकस्मिक रूपमा आउने विपदमा नेपाली सेना, नेपाल प्रहरी, दमकल, स्वास्थ्यकर्मी, एम्बुलेन्सलाई तत्काल खबर गर्नु पर्ने कुरा देखाइएको थियो ।
घटना घटेमा उद्धार तथा राहतमा स्थानीय सरकारले छिटो छरितो लाग्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख  बाजि सिंह खड्काले बताए ।
कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी डोटीको सहकार्यमा  गरिएको हो ।
कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, भैरब प्रसाद गण, नेपाल शस्त्र प्रहरी वल गण ३६ नम्बर बाहिनी अड्डा, नेपाल प्रहरी, दिपायल सिलगढी नगरपालिकाको सहयोगमा आयोजना गरिएको हो ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.