Sujang

रानीवनमा आपतकालीन उद्दारका लागि हेलिप्याड निर्माण

Ban

साउन १५,डोटी,-शिखर नगरपालिका–४ स्थित प्रसिद्ध श्री पशुपतिनाथ मन्दिर (नाभिस्थान) नजिकैको रानीवनमा हेलिप्याड निर्माण गरिएको छ। प्राकृतिक विपद् तथा आकस्मिक उद्धार कार्यका क्रममा हेलिकप्टर अवतरण गर्न सहज होस् भन्ने उद्देश्यले सो हेलिप्याड निर्माण गरिएको हो।

शिखर नगरपालिका–४ का वडाध्यक्ष टी. आर. मल्लका अनुसार, विपद् व्यवस्थापन तथा आकस्मिक उद्दारलाई सहज बनाउन हेलिप्याड निर्माण गरिएको हो। निर्माण कार्य सम्पन्न गर्न वडा कार्यालयबाट १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने स्थानीय बासिन्दाहरूले करिब २ लाख बराबरको श्रमदान गरेका थिए।

Krishi

हेलिप्याड निर्माण समितिका सदस्य तथा अवकाश प्राप्त सैनिक कर्ण बहादुर मल्लका अनुसार जम्मा ३ लाख रुपैयाँ बराबरको लागतमा हेलिप्याड निर्माण सम्पन्न गरिएको हो। हालसम्म सो हेलिप्याडमा हेलिकप्टरको परीक्षण अवतरण भने बाँकी रहेको मल्लले बताए ।

सुरक्षा तथा विपद् व्यवस्थापनलाई मध्यनजर गर्दै डोटी जिल्लाका हरेक वडामा यस्ता हेलिप्याडहरूको आवश्यकता महसुस गरिएको स्थानीयवासीहरू बताउँछन्।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.