Sujang

बिपी स्मृति दिवसमा फलफूल वितरण तथा बृक्षा रोपण

Ban

साउन ६ गते ,सिलगढी : प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता स्व.विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

मङ्गलवार पार्टीका जिल्ला स्तरीय नेता तथा नेविसङ्घका कार्यकर्ताले जिल्ला अस्पताल सिलगढीमै पुगेर उपचाररत रहेका बिरामीलाई फलफूल वितरण गरेका हुन् । उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको नेविसङ्घका कार्यवाहक जिल्ला सभापति रेसम विक्रम खड्काले जानकारी दिए ।

त्यस्तै बिपी स्मृतिका अवसरमा अस्पतालको परिसरमा विभिन्न जातका बिरुवा वृक्षारोपण गरिएको नेपाली काङ्ग्रेस डोटीका पार्टी सचिव नारायण बलायरले बताए ।

स्मृति दिवस कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका डोटी प्रमुख तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य लक्ष्मण बहादुर सिंहले नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका संस्थापक नेता कोइरालाको योगदानलाई भुल्न नहुने बताए । बिपीले देखाएको बाटोलाई आत्मसात् गरेको सबैले अगाडी बढ्नु पर्नेमा उनेले जोड दिए।

Krishi

स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रम
जिल्ला समन्वय समितिका डोटी प्रमुख सिंह ,पार्टी सचिव नारायण बलायर , महाधिवेशन प्रतिनिधि विजयराज ओझा , पार्टी सह -सचिव गोकर्ण मलासी, नेपाली काङ्ग्रेस पार्टी प्रवक्ता सुशील घर्ती , नेपाली काङ्ग्रेस दिसिनपाका नगर सभापति गणेश मलासी, नेबि संघका केन्द्रीय सदस्य लोकेन्द्र भण्डारी , प्रकाश ठकुल्ला , पूर्व क्षेत्रीय सभापति बम कठायत, नेपाल प्रेस युनियनका अध्यक्ष चक्र कुँवर, डोटी क्याम्पसका स्वबियु सभापति इन्द्र राणा लगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता ,भातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई बिपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।

वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौँमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।

२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका बिपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जन निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ-मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् ।

एनका साहित्यिक कृतिहरू विशेषतः यौन मनोविज्ञानमा आधारित छन् ।

बिपी कोइरालाको तस्बिर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.