

असार २७ गते, डोटी : डिभिजन वन कार्यालय डोटीले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट चार सामुदायिक वनलाई पुरस्कृत गरेको हो ।
उत्कृष्ट हुन सफल सामुदायिक वनलाई जिल्ला वन समन्वय समितिको बैठकमा पुरस्कार प्रदान गरिएको छ ।
पुर्बीचौकी गाउँपालीका -१ स्थित माथिल्लो फुलाैट सामुदायिक वन उपभोक्ता समिति प्रथम ,वडिकेदार गाउँपालिका -१ स्थित मोहन्यालेश्वर जनजागृति सामुदायिक वन द्वितीय , जोरायल -१ स्थित कफलडा रानी वन तृतीय र दिसिनपा -६ स्थित चिसापानी पानी सामुदायिक वन उपभोक्ता समूह चौथो भएको छ ।

आव २०७७/७८ मा बन्दीपुर गाउँपालिका–३ स्थित प्रथम, द्वितीय ,तृतीय र चौथो हुने समूहलाई क्रमशः रु. १५ हजार, रु. १२ हजार र रु. १० , रु ७ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले जानकारी दिए ।
वन संरक्षण, संवर्द्धन, सामाजिक विकास, समुदायको विकास, वनको सुशासन लगायतलाई मूल्याङ्कन गरी उत्कृष्ट वन समूह छनोट गरिएको हो । जिल्लामा ४ सय सामुदायिक वन रहेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह ,दिपायल सिलगढी नगरपालिका उप प्रमुख कलावती महर साउँद लगायतले पुरस्कृत हुने सामुदायिक वनका प्रतिनिधिलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् । कार्यक्रममा समन्वय समितिका प्रमुख सिंहले सामुदायिक वनले नेपालको प्रख्याति विश्वमाझ कमाएको चर्चा गर्दै त्यतिले मात्र सन्तुष्ट हुने अवस्था नरहेको बताए । वनको संरक्षण संवर्द्धनमा अझै लाग्नुपर्नेमा उनले जोड दिए ।

